सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत समाजवादीले टुङ्ग्यायो प्रतिनिधि सभाका १९ उम्मेदवार

सत्ता गठबन्धनमा प्रतिनिधि सभा र प्रदेश सभातर्फ सिटको बाँडफाँट भएसँगै दलहरु उम्मेदवार चयनमा लागेका छन् । सत्ता गठबन्धनले १३ सिट प्रतिनिधिसभाका खाली राख्दै बाँकीमा सहमति जुटाएको छ ।

जसमा कांग्रेसले ८४ क्षेत्रमा उम्मेदवारी दिने भएको छ भने माओवादीले ४७ क्षेत्रमा उम्मेदवारी दिने भएका छन् । नेकपा एकीकृत समाजवादीले १९ सिटमा उम्मेदवारी दिने भएको छ । राष्ट्रिय जनमोर्चाले पनि दुई सिटमा उम्मेदवारी दिने भएको छ ।

एकीकृत समाजवादीले भने १९ उम्मेदवारको टुंगो पनि लगाएको पार्टीको भातृ संगठन समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले दिएका छन् । प्रतिनिधि सभाका लागि एकीकृत समाजवादीका उम्मेदवार यस प्रकार छन् :

१) इलाम क्षेत्र नं. १ – झलनाथ खनाल
२) उदयपुर क्षेत्र नं. २ – जगन्नाथ खतिवडा
३) रौतहट क्षेत्र नं. १ – माधवकुमार नेपाल
४) बारा क्षेत्र नं. ४ – कृष्णकुमार श्रेष्ठ
५) काठमाडौं क्षेत्र नं. ८ – जीवनराम श्रेष्ठ
६) ललितपुर क्षेत्र नं. २ – कृष्णलाल महर्जन
७) धादिङ क्षेत्र नं. १ – राजेन्द्रप्रसाद पाण्डे
८) मकवानपुर क्षेत्र नं. २ – विरोध खतिवडा
९) कास्की क्षेत्र नं. २ – श्रीनाथ बराल
१०) गुल्मी क्षेत्र नं. २ – रामकुमारी झाँक्री
११) पाल्पा क्षेत्र नं. २ – सोमप्रसाद पाण्डे
१२) रुपन्देही क्षेत्र नं. २ – राजु गुरुङ
१३) दाङ क्षेत्र नं. १ – मेटमणि चौधरी
१४) सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५) डोल्पा – धनबहादुर बुढा मगर
१६) दैलेख क्षेत्र नं. १ –अम्बरबहादुर थापा
१७) अछाम क्षेत्र नं. १ – शेरबहादुर कुवँर
१८) बझाङ – भानुभक्त जोशी
१९) डोटी – प्रेमबहादुर आले

प्रकाशित मिति : २२ आश्विन २०७९, शनिबार ०८:१९