सूचनाको शक्ति - The Power Of Information

        

नारायणी नदीमा फेरि खतराको तह पार (फोटो कथा)

नारायणी नदीको चितवन र गैंडाकोटतर्फका बाढीका दृश्यहरु ।

नारायणी नदीले फेरि खतराको तह पार गरेको छ । विहान घट्दो अवस्थामा रहेको नारायणी विहान ११ः५० बजेको समयमा फेरि खतराको तह पार गरेको हो ।

देवघाट मापन केन्द्रमा नारायणीका तह ९ दशमलब ०८ मिटर पुगेको छ । यस क्षेत्रमा ९ मिटरलाई खतराको तह मानिन्छ । नारायणी नदी पुल क्षेत्रमा अहिलेसम्मकै धरै पानीको सतह १२ मिटर पुगेको छ । यसअघि बिहीवार खतराको तह पार गरेको थियो ।

अहिले नारायणी नदीको पानीको सतह बढेपछी गैंडाकोट तर्फका एक दर्जन घरहरु डुवानमा परेका छन् । चितवनको मेघौली क्षेत्रमा पनि डुवान भएको छ । पश्चिम चितवनको दिव्यनगर क्षेत्रका एक दर्जन घर परिवारलाई सुरक्षित स्थानमा सारिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार १४:१४