सूचनाको शक्ति - The Power Of Information

        

एमाले र जसपाबीच गठबन्धन !

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले नेकपा एमालेसँग निर्वाचनमा तालमेलका लागि छलफल थालेको छ । सत्ता गठबन्धनमा भने जति सिट नपाएपछि जसपाले र एमाले नेतृत्वबीच संवाद सुरु भएको हो ।

शनिबार बसेको बैठकले अन्य पार्टीसँग समेत चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको थियो । एमालेसँग जसपा चुनावी तालमेल गर्न इच्छुक रहेको र शनिबारबाटै संवाद सुरु भएको एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए ।

उनले भने, ‘गठबन्धनमा कुरा नमिलेपछि जसपा एमालेसँग चुनावी तालमेल गर्न इच्छुक भएको हो । उसले पार्टीबाटै निर्णय गरेर हामीसँग तालमेल गर्न ढोका खोलेर संवादमा आएको छ । प्रारम्भिक चरणमा दुई पार्टीका अध्यक्षबीच संवाद सुरु भइसकेको छ ।’

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०९:४१