सूचनाको शक्ति - The Power Of Information

        

आलियाले सेयर गरिन बेबी सावरको तस्वीर

बलिउड नायिका आलिया भट्टको बेबी सावरको तस्वीर अहिले सामाजिक संजालमा निकै भाइरल भएको छ ।

आलिया र बलिउडका स्टार रणबीर कपुर गत अप्रिल महिनामा बिवाह बनधनमा बाँधिएका थिए । आलिया अहिले गर्भावस्थामा छिन् । यसै सन्दर्भमा उनले बुधबार बेबी सावरको कार्यक्रम राखेकी थिइन् ।

उनको बेबी सावरको तस्बीर सामाजिक संजालमा भाइरल भएको छ । बलिउडमा आलिया र रणबीरको जोडीलाई निकै रुचाइएको जोडीका रुपमा लिने गरिएको छ । भारतीय संचार माध्यमका अनुसार बेबी सावरमा कपूर परिवारसँगै भट्ट परिवार पनि सामेल थिए । त्यसैगरी बेबी सावरमा करण जोहर पनि सहभागी थिए ।

यो वर्ष आलियाका लागि व्यक्तिगत रूपमा मात्र नभई व्यावसायिक रूपमा पनि निकै राम्रो रह्यो । रणवीर कपुरसँग विवाह, त्यसपछि गर्भवती भएको खबर ।आलिया भट्टले प्रशंसकहरुलाई एकपछि अर्को खुशीको खबर दिएकी भारतीय संचार माध्यमको भनाई छ । गर्भावस्थामा उनको मुहार निकै उज्यालो देखिएको छ ।आलियाले आफैंले रणबीर र परिवारसँग बिताएका केही विशेष पलहरु सेयर गरेकी छिन् ।

बेबी सावरमा आलियाले साधारण पहिरन लगाएकी थिइन् ।आलिया गर्भावस्थामा पनि व्यावसायिक रूपमा निकै सक्रिय रहेकी र यो उनको प्रशंसनीय कार्य रहेको भारतीय संचार माध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार ०८:१३