सूचनाको शक्ति - The Power Of Information

        

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धनगढी बेलौरी हुलाकी सडक खण्ड पुनर्वास नगरपालिकाको अमरबस्तीमा से ७ प ४७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर विद्युतको पोलमा ठोक्किँदा दुई जनाको मृत्यु भएको जनाएको हो।

राति करिब ११ बजे भएको दुर्घटनामा चालक पुनर्वास नगरपालिका १० का २२ वर्षीय विशाल राना र पछाडि सवार धनगढी उपमहानगरपालिका ३ का २३ वर्षीय महेश रानाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जानकारी दिएको छ।

पोलमा ठोक्किएर गम्भीर घाइते भएका दुवैको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ११:२२