सूचनाको शक्ति - The Power Of Information

        

नारायणीमा पानीको बहाव उच्च, गण्डक बाँधका २२ ढोका खोलियो

लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव उच्च भएपछि पूर्वी नवलपरासीको गण्डक बाँधको २२ वटा ढोका खोलिएको छ ।

ब्यारेजमा पानीको बहाव उच्च भएपछि नेपाल र भारततर्फका २२ वटा ढोका खोलिएको पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन अधिकारीले बताए ।

नदीको सतह खतरानजिक पुगेपछि नेपाल र भारततर्फमा रहेका ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको प्रजिअ घिमिरेले बताए ।

‘गण्डक ब्यारेजको विषयमा भारत र नेपालका अधिकारीबीच समन्वय भैरहेको छ,’ प्रजिअ घिमिरेले भने, ‘आवश्यकता अनुसार थप ढोका खोलिनेछ । तटीय क्षेत्रका स्थानीयलाई सतर्क रहन र सुरक्षा निकायलाई तयारी अवस्थामा बस्न आग्रह गरिएको छ ।’

पानीको बहाव हेरेर बाँकी रहेका ढोका पनि खोलिने विषयमा छलफल भइरहेको उनले बताए । ब्यारेजमा बिहीबार बिहान साढे ८ बजे २ लाख ८० हजार क्युसेक प्रतिसेकेन्ड पानी प्रवाह भइरहेको छ ।

संरचना पुरानो भएकाले गण्डक ब्यारेजमा तीन लाख क्युसेक पानीको प्रवाहमा खतराको सूचक मानिन्छ । नारायणी नदीमा बाढीको कारण क्षति पुग्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासीमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०९:१३