सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

बबई र पश्चिम राप्तीमा जलस्तर खतराको तहमाथि, नारायणीमा पनि जोखिम

तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा जलस्तर खतराको तहमाथि पुगेको छ ।

बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६ दशमलव ८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको बताउनुभएको छ ।

unn.prixa.net

त्यस्तै पश्चिम राप्तीमा ६ दशमलव ४८ मिटरमाथि पानी बगिरहेको छ । नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ । चितवन र नवलपरासीको तटीय क्षेत्रमा जोखिम छ । मनसुन पुनः सक्रिय भएपछि लगातारको पानीका कारण बाढी आउने जोखिम बढ्दै गएको छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०७:५०