सूचनाको शक्ति - The Power Of Information

        

दशैँको टीकाको आज दोस्रो दिन

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

टीका पाँच दिनसम्म लगाइन्छ

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ।

नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ ।

विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना काका, ठूलोबुवा घर, मामा घर, ससुराली र अन्य मान्यजनका घरमा गइरहेका छन् ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन्। यो क्रम पूर्णिमासम्म रहन्छ।

सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेकाले त्यही दिनको सम्झनामा विजयादशमी मनाउन शुरु गरिएको धार्मिक विश्वास छ ।

प्रकाशित मिति : २० आश्विन २०७९, बिहीबार ०७:४३