नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छोरी, बुहारी र नाति नातिनाहरूलाई आज दशैंको टीका लगाइदिएका छन् ।
काठमाडौंको खुमलटारस्थित प्रचण्ड निवासमा विजया दशमीको टीका लगाइएको हो । टीका लगाइएको तस्वीर प्रचण्डका स्वकीय सचिवसमेत रहेकी छोरी गंगा दाहालले सार्वजनिक गरेकी छन् ।
तस्बिरमा सबैको निधारमा रातो टीका देखिन्छ भने प्रचण्डको निधार भने खाली । उनकी पत्नी सीता दाहाल पनि टीका लगाउने समूहमा देखिएकी छैनन् । उनी बिरामी छिन् ।




सत्यपाटी । काठमाडौं ।