सूचनाको शक्ति - The Power Of Information

        

यस वर्षकाे भाैतिकशास्त्रतर्फकाे नाेबेल पुरस्कार ३ जना वैज्ञानिकलाई

यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई संयुक्तरूपमा प्रदान गरिने भएको छ ।

नोबेल पुरस्कार छनोट समितिले एलेन एस्पेक्स, जोन एफ क्लाउजर र एन्टोन जेलिङ्गरलाई यो वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार दिने निर्णय गरेको हो ।

एलेन एस्पेक्ट फ्रान्सका भौतिक वैज्ञानिक हुन् । यस्तै जाेन एफ क्लाउजर अमेरिका र एन्टाेन जेलिङ्गर अस्ट्रिकाका वैज्ञानिक हुन् । यी वैज्ञानिककाे प्रयाेगले क्वान्टम सूचनाकाे आधारमा नयाँ प्रविधिकाे बाटाे देखाएकाे थियाे ।

गएकाे वर्ष याे पुरस्कार तीन वैज्ञानिकहरू– स्युकुराे मानेबे, क्लास हासेलम्यान र जियाेर्जियाे पेरिसीलाई प्रदान गरिएकाे थियाे ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १७:३३