सूचनाको शक्ति - The Power Of Information

        

मासु घाँटीमा अड्किएर चितवनमा १ जनाकाे ज्यान गयाे

मासु खाँदा घाँटीमा अड्किएर चितवनका एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा कालिका नगरपालिका–८ गैरिबारीका ५० वर्षीय धनबहादुर दानी क्षेत्री रहेका छन् ।

सोमवार बेलुकी मासु खाने क्रममा घाँटीमा अड्किएपछि उनलाई उपचारका लागि भरतपुरको पुरानो मेडिकल कलेज ल्याइएको थियो । उनको पुरानो मेडिकल कलेज पुर्‍याउनासाथ ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

क्षेत्रीको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति : १८ आश्विन २०७९, मंगलवार १७:२२