सूचनाको शक्ति - The Power Of Information

        

इन्डोनेसियाको फुटबल स्टेडियममा भागदौड: कम्तीमा १२७ जनाको मृत्यु, १८० घाइते

इन्डोनेसियाको एक फुटबल खेलमा प्रहरीले दंगा समर्थकहरूलाई अश्रुग्यास प्रहार गरेपछि भागदौड हुँदा कम्तीमा १२७ जनाको मृत्यु भएको छ।

पूर्वी जाभाको प्रतिद्वन्द्वी पर्सेबाया सुराबायासँग अरेमा एफसी पराजित भएपछि दंग सुरु हुँदा १२७ जनाको मृत्यु भएकाे छ भने करिब १८० जना घाइते भएका छन् ।

सामाजिक सञ्जालमा भाइरल भएकाे भिडियाे अनुसार उनका फ्यानहरू अन्तिम सीटी पछि पिचमा दौँडिरहेको देख्न सकिन्छ । ‘पुलिसले त्यसपछि अश्रु ग्यास प्रहार गर्‍यो । जसको कारण भीडमा भागदौड भयो र निसास्सनाको घटना भयो ।’ पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले भने ।

प्रहरी प्रमुख अफिन्टाका अनुसार मृत्यु हुनेमा दुई प्रहरी अधिकृत रहेको रहेका छन् । ‘३४ जनाको रंगशाला भित्र र बाँकीको अस्पतालमा मृत्यु भयो’, उनले भने।

‘भीड ठुलाे भएका कारण त्यहाँ सहजै मानिस बाहिर निस्किन सक्ने अवस्था थिएन । धेरै मानिस एकैठाउँ जम्मा भएपछि सास फेर्न गाह्रो भयो । अक्सिजनको अभाव थियाे र त्यसकै कारण पनि धेरैकाे ज्यान गयाे ।’ एक अधिकारिले भने ।

इन्डोनेसियाली फुटबल संघ (पिएसएसआइ)ले साे घटनाले ‘इन्डोनेसियाली फुटबलको अनुहार कलंकित गरेको’ भन्दै अनुसन्धान सुरु गरेको बताएको छ ।

यस्तै, शीर्ष लिग बीआरआई लिगा १ एक साताका लागि स्थगित भएको छ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतवार ०७:५३