सूचनाको शक्ति - The Power Of Information

        

२०७९ असोज १६ गतेको राशिफल : मिथुनलाई आनन्द, सिंहलाई धनलाभ

२०७९ असोज १६ गते, आइतवार, २ अक्टोबर २०२२ । आश्विन शुक्लपक्ष सप्तमी तिथि । मूल नक्षत्र । चन्द्रराशि– धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

मिहिनेत परे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । टाढिएका मित्रगण नजिकिनाले प्रसन्नता मिल्नेछ । सामाजिक काममा रुचि बढ्नेछ । आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ । अभाव हट्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ । धार्मिक मनोवृत्ति बढ्नेछ र सेवामूलक काम गरिनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । अस्वस्थताले कमजोरीको अनुभूति हुनेछ । चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेतको परिणाम प्राप्त हुनेछ । शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ला । योजना पूर्ण नभए पनि आंशिक लाभ अवश्य हुनेछ । रोकिएको काममा समेत सकारात्मक संकेत प्राप्त हुनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ । रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ । कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ । चुनौती चिर्दै काम बनाउन सकिनेछ । स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन् । व्यापारलगायत लाभ हुने काम प्रारम्भ हुनेछ । महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

शुभचिन्तकहरूले साथ दिने हुँदा प्रतिष्ठित काम गर्ने मौका छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । सानो प्रयत्नले नाम, दाम र इनाम दिलाउनेछ । सेवामूलक कामबाट धनलाभ हुनेछ । आफ्नो प्रतिभाको कदर हुनेछ । व्यापारमा राम्रै उपलब्धि हासिल हुनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ । नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । अन्योलमा मान्यजनको सुझावले लाभ हुनेछ । प्रयत्न गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

चिताएको काम बन्नाले उत्साह जाग्नेछ । नयाँँ काम सुरु हुनेछ । पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ । भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला । व्यापारमा लाभ हुनेछ । सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ । सानातिना काममै अल्झनुपर्दा लक्ष्यमा पुग्न बाधा पर्नेछ । हिसाबकिताबमा होसियार रहनुहोला । हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने हुन सक्छ । नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला । अध्ययनमा त्यति समय दिन नसकिएला । प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन गर्न सकिनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नाले सहयोग नगर्दा काम रोकिनेछ । मिहिनेतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ । प्रतीक्षित नतिजा पनि केही कमजोर रहला । दोहोर्याएर प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । व्यवसायमा थोरै लाभ भए पनि ठूलो आवश्यकता पूरा हुनेछ । अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । चुनौतीका बाबजुद स्वाभिमान रक्षा गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामबाट सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । साथीभाइसँग असमझदारी बढ्ला । फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । बेलामा होस नपुर्याउँदा अप्ठ्यारा चुनौती आउन सक्छन् । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन् । अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला । अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ । परिश्रमको फल प्राप्त हुने समय छ । दिगो काममा लगानी गर्ने मौका छ । खर्चिलो काम थाल्नाले कामको लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला । चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ । प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ ।

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतवार ०७:४३