सूचनाको शक्ति - The Power Of Information

        

कुमाख जीप दुर्घटनाका गम्भीर घाइतेहरूलाई कोहलपुर पठाइयो

फाइल तस्वीर

सल्यान कुमाख गाउँपालिकामा भएको दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि कोहलपुर रिफर गरिएको छ । कुमाख गाउँपालिका–६ डुमकोटबाट जिल्लाको धार्मिक पर्यटकीयस्थल खैराबाङ भगवती मन्दिर दर्शन गर्न भक्तजन सवार रहेको १ ज ७९८ नम्बरको जीप दुर्घटना भएको थियो ।

जीप दुर्घटनामा गम्भीर घाइते भएका १७ मध्ये १६ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको हो । बाग्चौरस्थित जनप्रिय पोलिक्लिनिक र जिल्ला अस्पतालमा सामान्य उपचार गराइरहेका घाइतेको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि रिफर गरिएको छ ।

रिफर गरिएका १५ जनालाई एम्बुलेन्समार्फत पठाएको र जिल्ला अस्पतालमा उपचाररत २४ वर्षीया सुनीता बोहराको अवस्था थप जटिल भएपछि नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर पठाइएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले जानकारी दिए ।

जीप दुर्घटनामा कुमाख गाउँपालिका–४ चिनालीका १५ बर्षिय तिलक गोसाई, ४९ बर्षिय जङ्गबहादुर पुन, २२ बर्षिय गाडी चालक अर्जुन बुढामगर, ६ बर्षिय बालक जीवन पुन, २० बर्षिया झुपा पुन, २६ बर्षिया सुशीला पुन, ४१ बर्षिया डल्ली ओली, २ बर्षिय बालक सन्तोष पुन र १९ बर्षिया रुपा रावत घाइते भएका छन् ।

त्यस्तै जीप दुर्घटनामा परी कुमाख गाउँपालिका २ सल्यानका २० बर्षिय लोकेन्द्र ओली, १६ बर्षिय हेमराज पुन, १३ बर्षिया प्रतिभा पुन मगर, ३३ बर्षिया अनिता पुन, १५ बर्षिय भरत बुढामगर, २४ बर्षिया सुनीता बोहरा र उनकी ६ महिनाकी छोरी घाइते भएका छन् ।

भक्तजन लिएर बिहानै शारदा नगरपालिका –११ स्थित खैराबाङ भगवती मन्दिर आउँदै गरेको जीप कुमाख गाउँपालिका –६ जिमाली नजिकै भित्री कच्ची सडक खण्डमा शनिबार बिहान साढे ६ बजेतिर दुर्घटना भएको थियो ।

जीप दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो । १७ जना घाइते भएका थिए । १९ जना सवार जिप सडकदेखि एक सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष खनालले बताए ।

दुर्घटना दुई जनाको मुत्यु भएको छ । दुर्घटनामा परी कुमाख गाउँपालिका–७ डुमकोट बस्ने अन्दाजी ३९ वर्षीय मानबहादुर पुन र अन्दाजी १४ वर्षीया एनका पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । उकालोमा ब्याक गर्ने क्रममा दुर्घटना हुँदा जीप सडकबाट करिब एक सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार १६:०९