सूचनाको शक्ति - The Power Of Information

        

आजको मौसम : कर्णालीमा बिहानैदेखि हल्का बर्षा

आज बिहानैदेखि केही स्थानमा पानी परिरहेको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रदेश–१, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १५ आश्विन २०७९, शनिबार ०७:०९