भारतको गुजरातमा एउटा पूल भत्किँदा १४१ जनाको मृत्यु भएको छ । पूल भत्किँदा त्यहाँ ४०० बढी मानिस रहेको अनुमान गरिएको छ ।
मच्छु नदीमा बनाइएको सस्पेन्सन पूल अचानक चुडेको थियो । आइतबार बिदाका कारण घुम्न जानेहरु उक्त पूलमा रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
पूल एक्कासी चुडिएपछि सेना, जलसेना, एयरफोर्स एनडीआरएफ, फायर ब्रिगेड लगायतको टोलीले उद्धार गरेको आजतकले जनाएको छ । अहिलेसम्म दुई सय बढीको उद्धार गरिएको छ ।
सत्यपाटी संवाददाता । काठमाडौं