सूचनाको शक्ति - The Power Of Information

        

थप २० जनामा कोरोना संक्रमण

देशभर पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ८४ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय २९ जनाको पीसीआर र ८ सय ५५ जनाको एन्टीजेन विधिबाट विधिबाट परीक्षण गर्दा २० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ३४ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ५ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतवार १७:१७