सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधि र प्रदेशसभा निर्वाचन

बाँकेका १०८ मतदानस्थल अतिसंवेदनशील

कुल एक सय ३८ वटा मतदानस्थल

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बाँकेका १०८ मतदान स्थल अति संवेदनशील रहेको छ ।

बाँकेका ८ पालिकामा कायम गरिएका मतदानस्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएकोे छ ।

बाँकेमा कुल एक सय ३८ वटा मतदानस्थल रहेका छन् । सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै दुई भागमा वर्गीकरण गरिएकोे निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिइन् ।

उनका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदानस्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकोमा एक सय ८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।

गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा एक सय ३६ मतदान केन्द्र रहेकामा यसपटक कोहलपुर नगरपालिकामा एक र डुडुवा गाउँपालिकामा एक थप गरी जम्मा एक सय ३८ मतदानस्थल बनाइएको प्रमख पन्तले बताइन् ।

यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार जिल्लाको मतदान स्थलको सुरक्षा अवस्थालाई दृष्टिगत गर्दै सोही अनुरुप सुरक्षा संयन्त्र परिचालन गरिने बताए ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतवार १६:५८