आराध्यदेव सूर्यको उपासना तथा आराधना गरी मनाइने महापर्व छठ सुरु भएको छ ।
यस वर्ष षष्ठि (आइतबार) का दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सुरुवात भएको छ र सप्तमी (सोमबार)का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यो पर्व सम्पन्न हुन्छ ।
छठ पर्व धनी, गरिब, मधेशी, पहाडी, हिन्दु, मुस्लिम, महिला, पुरुषलगायत सबै वर्ग, समुदाय र तहमा लोकप्रिय बन्दै गएको छ ।
केही वर्ष अघिसम्म तराईका केही जिल्लामा मात्र मनाइने गरिए पनि अचेल राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न सहरमा समेत यो पर्व धूमधामसाथ मनाइन्छ ।
यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी संवाददाता । काठमाडौँ