सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेसको संकल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?

 आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो ।

पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पुर्‍याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, निःशुल्क स्वास्थ्य, व्यावसायिक शिक्षा, देशको आर्थिक वृद्धि, सामाजिक न्याय, ज्येष्ठ नागरिक, युवा, महिला बालबालिकाको क्षेत्रलाई समेत जोड दिइएको छ ।

भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । त्यस्तै, चीनसँग पनि हुम्ला जिल्लामा सीमा विवाद देखिएको र त्यसलाई समाधान गर्नका लागि कूटनीतिक प्रयास गरिने घोषणापत्रमा लेखिएको छ ।

गत भारत भ्रमणको अवसरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सीमा समस्याको बारेमा नेपालको स्पष्ट धारणा र अडान भारत सरकारसँग राखेको कुरालाई समेत पार्टीले संकल्प पत्रमा उल्लेख गरेको छ ।

चीनसँग हुम्लामा सीमा विवाद रहेको भन्दै आएको कांग्रेसले यसबारे घोषणापत्रमै उल्लेख गर्दै विवाद कूटनीतिक प्रयासबाट समाधान गरिने जनाएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतवार ०७:४७