सूचनाको शक्ति - The Power Of Information

        

टी–२० विश्वकपमा न्यूजिल्याण्ड र श्रीलंका भिड्दै

अस्ट्रेलियामा जारी आइसिसी टी–२० विश्वकपमा आज एक खेल हुने तालिका छ ।

आज न्यूजिल्याण्ड र बंगलादेश खेल्दै छन् । यी दुई टोलीबीचको खेल नेपाली समयअनुसार दिउँसो १ः४५ देखि सिड्नीमा सुरु हुनेछ ।

न्यूजिल्याण्ड जारी विश्वकपमा दोस्रो जित निकाल्न चाहन्छ । उसले पहिलो खेलमा आयोजक अस्ट्रेलियालाई ८९ रनले हराएको थियो । दोस्रो खेलमा भने न्यूजिल्याण्डले वर्षाका कारण अफगानिस्तानसँग अंक बाँड्यो ।

श्रीलंकाले पहिलो खेलमा आयरल्याण्डलाई ९ विकेटले हराएको थियो । दोस्रो खेलमा भने ऊ अस्ट्रेलियासँग ७ विकेटले पराजित भयो ।  श्रीलंका न्यूजिल्याण्डलाई हराउँदै लयमा फर्कन चाहन्छ ।

न्यूजिल्याण्ड भने आफ्नो लय कायमै राख्ने सोचमा छ । जारी विश्वकपमा श्रीलंकन टोलीको कप्तानी अलराउन्डर दासुन शानाकाले गरिरहेका छन् । गत संस्करण उपविजेता न्यूजिल्याण्डको नेतृत्व भने केन विलियम्सनले नै गरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ०७:३६