सूचनाको शक्ति - The Power Of Information

        

रुसी सेनाले आफ्ना नागरिकलाई जबरजस्ती अन्यत्र पठाएको युक्रेनको आरोप

रुसले युक्रेनको दक्षिणी सहर खेरसनबाट सर्वसाधारणलाई अन्यत्र पठाउने काम पूरा भएको जनाएको छ ।

युक्रेनी सेनासँगको सम्भावित भिडन्तअघि नै सर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको रुसी अधिकारीहरुले जनाएका छन् । सो क्षेत्रबाट ७० हजार सर्वसाधारणलाई अन्यत्र सारिएको बीबीसीले जनाएको छ ।

तर रुसको सो कदमको विरोध गर्दै युक्रेनले आफ्ना नागरीकलाई जबरजस्ती निकाला गरेको टिप्पणी गरेको छ । रुसले सो क्षेत्रमा सम्भावित भिडन्त रोक्न भन्दै हजारौंको संख्यामा सेना पठाएको बताएका छ ।

रुसी रक्षामन्त्री शेइगुले सो क्षेत्रमा करिब ४१ हजार सेना तैनाथ गरिएको बताउनुभयो । करिब ८ महिनादेखि रुसले युक्रेनमा जारी राखेको हमलाका कारण हजारौं सर्वसाधारण मारिएका छन् । त्यसैगरी उत्तिकै संख्यामा घाइतेहरु पनि रहेको बताइएको छ ।

यता, युक्रेनले आफ्नो मुलुकका संवेदशनील क्षेत्रमा समेत आक्रमण गरेर रुसले अमानविय व्यवहार प्रदर्शन गरेको युक्रेनले आरोप लगाएको छ । हालैका हप्ताहरुमा रुसले नियन्त्रणमा लिएका भनेका आफ्ना विभिन्न क्षेत्र युक्रेनी सेनाको नियन्त्रणमा रहेको जनाएको छ ।

रुसले राजधानी किभमा पुनः आक्रमण गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ०७:१०