सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक १२ गतेको राशिफल : कर्कटलाई फाइदा, सिंहलाई समस्या

२०७९ कार्तिक १२ गते, शनिवार, २९ अक्टोबर २०२२ । कार्तिक शुक्लपक्ष चतुर्थी तिथि, १०ः२७ बजेदेखि पञ्चमी । ज्येष्ठा नक्षत्र, १२ः०८ बजेदेखि मूल । चन्द्रराशि– वृश्चिक, १२ः०८ बजेदेखि धनु ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

स्वास्थ्य कमजोर रहनाले काम पूरा गर्न समय लाग्नेछ । जिम्मेवारी बढे पनि न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ । स्वास्थ्यका लागि आहारविहारमा विशेष ध्यान पुर्याउनुहोला । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर तथा सफलताले पछ्याउनेछन् । मिहिनेत परे पनि भाग्यले सफलताको उचाइमा पुर्याउनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रमाइलो यात्रा र मनोरञ्जनको आनन्द लिने समय छ । आतिथ्यपूर्ण सत्कार पनि पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । धनलाभ हुनेछ र विभिन्न भौतिक वस्तुहरू जुटाउन सकिनेछ । दिउँसोतिर स्वास्थ्यमा कमजोरी देखापर्न सक्छ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अर्थहानि हुन सक्छ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

वैधानिक प्रावधानले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ । अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ । सुरुमा केही चुनौतीहरू देखिए पनि मध्याह्नपछि विभिन्न अवसर प्राप्त हुनुका साथै स्थितिमा सुधार आउनेछ । मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ । प्रियजनसँग भेटघाट हुनुका साथै आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ । खर्च लागे पनि स्रोतसाधन जुट्नाले मन उत्साहित हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

फाइदा कममात्र हुनेछ । काममा रोकावट र मानसम्मानमा आघात पुग्ने समय छ । पठन–पाठनमा त्यति समय दिन नसकिएला । आफ्ना कमजोरीप्रति अरूले आलोचना गर्नसक्छन् । दिउँसोदेखि स्थितिमा सुधार आउनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानीका स्रोत पनि बढ्नेछन् । मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका पनि दिलाउन सक्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

हतारमा निर्णय लिँदा काम बिग्रन सक्छ । तत्कालको फाइदा हेर्दा पछिलाई समस्या पर्नेछ । बेसुरमा बोल्ने बानीले पनि दुःख पाइनेछ । अरूलाई दिएको वचन पूरा गर्न नसकिए पनि शुभचिन्तकहरूले साथ दिनेछन् । दिउँसोदेखि बौद्धिक कलाको प्रभाव बढ्नेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त हुनेछ । पहिलेको दुविधाले निर्णायक मोड लिनेछ । आम्दानीका स्रोत बढ्नेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

फाइदाका लागि परिस्थितिसँग सम्झौता गर्नुपर्ने हुन सक्छ । तापनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला । दिउँसोदेखि घरेलु काममा जुट्नुपर्ने आवश्यकता पर्न सक्छ । पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रिन सक्छन् । ईर्ष्यालु मन भएकाहरूले सताउनेछन् । आफन्त र साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ने देखिन्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

परिस्थितिले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ । विविन्न भौतिक सुविधाका वस्तुहरू जुटाउन सकिनेछ । दिगो काम प्रारम्भ हुनाले आम्दानीका स्रोत बढ्नेछन् । अध्ययनमा प्रगति हुनुका साथै अनुभवलाई पनि निखार्ने अवसर प्राप्त हुनेछ । विभिन्न स्रोत–साधन प्राप्त हुनेछन् र दिउँसोतिर कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । नगद जुट्नाले दैनिकीमा परिवर्तन आउनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ । सानो प्रयत्नले दिगो काम प्रारम्भ गर्न सकिनेछ । बोलीका भरमा काम सम्पादन हुनेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

सुरुमा खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । अरूको विश्वासमा पर्दा धोका हुन सक्छ । टाढाका साथीभाइसँग सम्पर्क बढ्नाले यात्रा सम्भावना देखिन्छ । दिउँसोदेखि परिस्थिति अनुकूल बन्नाले महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ । तारिफयोग्य कामले प्रशंसक बढ्नेछन् । ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ । स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । तर खर्च बढ्नाले अर्थ संग्रहमा बाधा पुग्नेछ । सरसापट र भैपरी आउने कामले रकम बाहिरिन सक्छ । दिउँसोदेखि आर्थिक समस्याले अलि दुःख पाइनेछ । बसाइको स्थानान्तरण वा टाढाको यात्रा हुने सम्भावना देखिन्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

चुनौतीपूर्ण काममा खटिनुपर्ने समय रहेकाले अलि सावधान रहनुपर्ला । जिम्मेवारी पनि बढिरहनेछन् । तर आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । मध्याह्नदेखि आयस्रोत बढ्नेछन् । कर्मयोगले आम्दानी बढाउनेछ । मेहनतले आयआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । पुरानो समस्या सुल्झानाले विविन्न अवसर प्राप्त हुनेछन् । उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

बिहानभरि पहिलेका समस्या सुल्झाउन अलमलिनुपर्ला । अभाव टार्दैमा समय बित्नेछ । तापनि सामाजिक कामले अवसर दिलाउन सक्छ । आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामा प्रवृत्त गराउनेछ । दिउँसोतिर कामको यश लिने सौभाग्य प्राप्त हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् भने भविष्यका लागि कर्मनिश्चय गर्ने समय छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सफलता मिल्नेछ ।

प्रकाशित मिति : १२ कार्तिक २०७९, शनिबार ०६:४१