सूचनाको शक्ति - The Power Of Information

        

अर्घाखाँचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना : दुई जनाको ज्यान गयो

अर्घाखाँचीको सन्धिखर्कमा निर्माणाधीन एअरपोर्टमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन् ।

सन्धिखर्क–१० शिखरबार्नीमा निर्माणाधीन एअरपोर्टको धावनमार्गमा प्रदेश नम्बर २–०३८–प–५०३२ नम्बरको मोटरसाइकल पल्टिँदा मोटरसाइकलका चालकसहित दुई जनाको ज्यान गएको छ।

सन्धिखर्क नगरपालिका–१ मिडियाचोकका २६ वर्षीय रोशन सुनाम र २२ वर्षीय कृतिम रायमाझीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले बताउनुभयो । मोटरसाइकल कसले चलाएको थियो भन्ने खुलेको छैन ।

यस्तै, त्यही ठाउँमा बा २५ प ८८७६ नम्बरको मोटरसाइकल पल्टिँदा  सन्धिखर्क–२ आटिकापाटाका ५७ वर्षीय हेमराज भुसाल र २० वर्षीय विष्णु पराजुली घाइते हुनुभएको छ ।

 घाइतेको बुटवलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख रिजालले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ०९:३५