सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक १० गतेको राशिफल : मेषलाई समस्या, मिथुनलाई चिन्ता

२०७९ कार्तिक १० गते, बिहीवार, २७ अक्टोबर २०२२ । कार्तिक शुक्लपक्ष द्वितीया तिथि, १४ः१२ बजेदेखि तृतीया । विशाखा नक्षत्र, १४ः२९ बजेदेखि अनुराधा । चन्द्रराशि– तुला, प्रातः ८ः४२ बजेदेखि वृश्चिक ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

समयमै गम्भीर नबन्दा समस्यामा परिएला । आफ्नै कमजोरीले इष्टमित्र टाढिन सक्छन् । हुलमुलमा धनमाल गुम्न सक्छ । खर्च बढ्नुका साथै अर्थ अभाव महसुस हुनेछ । स्वास्थ्य उपचारमा पनि खर्च हुने समय छ । पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ । सामान्य कामका लागि धेरै दौडधुप गर्नुपर्नेछ । ठूलो भागको आशा राख्दा भएको वस्तुसमेत गुम्न सक्छ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । आफन्तसँग रमाइलो भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ । परिवारजनको साथले उत्साह जगाउनेछ । अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । व्यवसायमा आम्दानी बढ्नेछ । भौतिक साधन जुटाउने समय छ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

विवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला । आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ । परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्लान् । ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा थोरै फाइदा हुनेछ । नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । बलजफ्तीले चुनौती पनि निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन् । पहिलेका कमजोरी र अप्ठ्यारा परिस्थिति सुल्झाउन निकै मिहिनेत गर्नुपर्ला ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ । पहिलेका सम्झौता तोड्नुपर्ने हुन सक्छ । अरूको भरले मात्र काम पूरा नहुन सक्छ । अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ । रोकिएका काम दोहोर्याउनुपर्ला । आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । वादविवादमा अघि नसर्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापटसमेत लिनुपर्ला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

अरूका लागि बुद्धि र धन खर्चनुपर्नेछ । समयको मागअनुसार चल्न नसक्दा पछि परिनेछ । ईर्ष्या गर्नेहरूले सताउनेछन् भने पहिलेकै काम दोहोर्याउनुपर्ने स्थिति पनि आउन सक्छ । नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन् । वादविवादमा अघि नसर्नुहोला । पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । आवश्यकता पूरा गर्न केही रकम सापटसमेत लिनुपर्ला ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

अवसर आए पनि काममा पछि परिनेछ । मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । आश्वासन दिनेहरूले झुक्याउन सक्छन् । शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन् । स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला । भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ । तापनि पारिवारिक जमघटले दैनिकीमा परिवर्तन ल्याउन सक्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । उधारोमा व्यापार गर्नुपर्ला । यात्रा अलि कष्टपूर्ण हुनेछ । तर, दोहोर्याएर प्रयत्न गर्दा काम बन्न सक्छ । माया मारेको धन पनि फिर्ता हुन सक्छ । केही रकम जोहो गर्न सकिनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि नाफा उठाउन सकिनेछ । प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ । नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । आर्थिक फाइदा कमै भए पनि नयाँ क्षेत्रमा हातहाल्न सकिनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । लक्ष्य प्राप्त नभए पनि लगनशीलताले आंशिक सफलता प्राप्त हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

शारीरिक कमजोरीले चिन्ता बढाउन सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । तापनि, लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ । सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ । तत्काल चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ ।

प्रकाशित मिति : १० कार्तिक २०७९, बिहीबार ०७:११