सूचनाको शक्ति - The Power Of Information

        

टि–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै

अष्ट्रेलियामा जारी टि–ट्वेन्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । मेलबर्नमा बिहान पौने १० बजे सुरु हुने खेलमा इंग्ल्याण्ड र आयरल्याण्ड भिड्नेछन् ।

इंग्ल्याण्ड सुपर १२ चरणमा दोस्रो जितको खोजीमा रहेको छ भने आयरल्याण्ड पहिलो जितको खोजीमा छ । आजै दिउसो पौने २ बजे मेलबर्नमै हुने अर्को खेलमा अफ्गानिस्तान र न्युजिल्याण्ड भिड्नेछन् ।

अफ्गानिस्तान सुपर १२ मा पहिलो जितको खोजीमा रहँदा न्युजिल्याण्ड दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई पराजित गरेको थियो ।

प्रतियोगिता अन्तर्गत हिजोको खेलमा श्रीलंकालाई हराउँदै आयोजक अष्ट्रेलियाले जारी संस्करणमा पहिलो जित निकालेको छ । पर्थमा भएको खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ७ विकेटले हराएको हो ।

पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । जवाफमा १ सय ५८ रनको लक्ष्य अष्ट्रेलियाले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा ग¥यो ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार ०७:४७