सूचनाको शक्ति - The Power Of Information

        

२०७९ कार्तिक ९ गतेको राशिफल : तुलालाई हौसला, धनुलाई उत्साह

२०७९ कार्तिक ९ गते, बुधवार, २६ अक्टोबर २०२२ । कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १५ः३५ बजेदेखि द्वितीया । स्वाती नक्षत्र, १५ः११ बजेदेखि विशाखा । चन्द्रराशि– तुला ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

छोटो समयमा फाइदा उठाउन सकिनेछ । अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ । साथीभाइको सहयोगले काममा हौसला जाग्नेछ । रमाइला क्रियाकलापमा सहभागी बन्ने अवसर जुट्नुका साथै मान–सम्मान प्राप्त हुने समय छ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ । व्यापार बढ्नाले मनग्य अर्थ लाभ हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

अवसर आए पनि सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ । स्वास्थ्यसम्बन्धी चिन्ताले सताउला । ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना कामबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ । आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला । भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ । अवसर प्राप्त भए पनि मेसो नमिल्नाले काममा ढिलासुस्ती हुनेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । संघर्षले कर्मयोग अघि बढ्नेछ । अध्ययनमा धेरै समय जुट्न नसकिएला । महत्त्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ । हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ । तर प्रतिस्पर्धा बढ्नाले सम्झौता तोड्नुपर्ने हुन सक्छ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुःख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ । आलोचकहरूलाई व्यवहारले समेट्नुहोला । अध्ययनतर्फ धेरै समय जुट्न नसकिएला ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

पहिलेको सफलताले हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । मिहिनेतले मानसम्मान दिलाउनेछ । बोली र विचारका प्रशंसकहरू बढ्नेछन् । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ । पहिलेका कमजोरी सच्याउने अवसर पनि प्राप्त हुनेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ । सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला । कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । केही दौडधुप गर्नुपरे पनि कामको अवसर प्राप्त हुनेछ । सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

मिहिनेतको फल प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । नयाँ अवसर र आम्दानीका स्रोत फेला पर्नेछन् । पढाइमा ध्यान केन्द्रित हुनाले प्रगति हुनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा थोरै लगानीबाट पनि फाइदा हुनेछ । आवश्यक भौतिक साधन जुट्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । आम्दानी बढ्नाले जीवनशैलीमा पनि परिवर्तन आउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

कामको मेसो नमिल्दा पछि परिनेछ । अरूका लागि बुद्धि खर्चनुपर्ला । समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला । सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ । अरूको विश्वास गर्दा धोका पाइनेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

विभिन्न अवसर प्राप्त भए पनि अरूका लागि बुद्धि र समय खर्चनुपर्ला । परिस्थितिवश आँटेको काम रोकिन सक्छ । सहयोगीहरूले भने साथ दिनेछन् । प्रतीक्षा गरिएको उपलब्धि आंशिक भए पनि प्राप्त हुनेछ । सामाजिक उत्तरदायित्व हातपार्न सकिनेछ । तर लक्ष्यमा पुग्न समय लाग्नेछ । चिताएको मूल्य प्राप्त भए पनि मेहनतको फल अरूलाई सुम्पनुपर्ने स्थिति आउन सक्छ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ । समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । विगतका कमजोरीमा क्रमशः सुधार आउनेछ । लगनशीलताले उपलब्धि हातलागी हुनेछ । काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ समेत हुनेछ ।

प्रकाशित मिति : ९ कार्तिक २०७९, बुधबार ०७:१४