सूचनाको शक्ति - The Power Of Information

        

ऋषि सुनक बने बेलायतको ५७ औं प्रधानमन्त्री

राजा चार्ल्स तृतीयलाई भेटेसँगै ऋषि सुनक औपचारिक रुपमा बेलायतको प्रधानमन्त्री बनेका छन् । कन्जरभेटिभ पार्टीको नेता चुनिएका उनले मंगलबार बर्किङ्घम दरबारमा राजासँग भेट गरेका थिए ।

त्यसक्रममा राजाले सरकार गठनका लागि आग्रह गरेका छन् । यससँगै ऋषि बेलायतको ५७ औं प्रधानमन्त्री बनेका छन् । उनी बेलायतका पहिलो ब्रिटिश एसियाली प्रधानमन्त्री भएका छन् । बेलायतमा उनी यस वर्षका तेस्रो प्रधानमन्त्री पनि हुन् ।

डाउन स्ट्रिटबाट देशका नाममा सम्बोधन गरेका ऋषिले आफ्नो पूर्ववर्तीले गरेका केही गल्तीलाई सुधार्न तत्काल सुरु गर्ने बताएका छन् । बोरिस जोनसनले प्रधानमन्त्रीका रुपमा हासिल गरेका अभूतपूर्व उपलब्धीप्रति धन्य रहने भन्दै उनले भनेका छन्, ‘हाल हाम्रो देशको गम्भीर आर्थिक संकट सामना गरिरहेका छौं ।’

प्रकाशित मिति : ८ कार्तिक २०७९, मंगलवार १७:५५