सूचनाको शक्ति - The Power Of Information

        

सुदूरपश्चिम राजधानी कप: फाइनलमा लुम्बिनी र कर्णाली खेल्ने

सुदूरपश्चिम राजधानी कपको फाइनलमा लुम्बिनी र कर्णाली प्रदेश खेल्ने भएका छन् ।

कैलालीको धनगढीमा चलिरहेको प्रतियोगिताको सेमिफाइनलमा लुम्बिनीले गण्डकी प्रदेशलाई ४–३ गोलले हरायो।

हिजो भएको खेलमा गण्डकी प्रदेशलाई हराउँदै लुम्बिनी उपाधि नजिक पुगेको हो । कर्णाली प्रदेश यसअघि नै फाइनल पुगिसकेको छ।

उपाधिका लागि भोलि शनिवार लुम्बिनी र कर्णाली प्रदेशबीच खेल हुनेछ।

पीएफए स्पोर्टस् क्लब अत्तरियाको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०८:३२