सूचनाको शक्ति - The Power Of Information

        

आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने

नेपाल आयल निगमका डिपो दसैं बिदामा पनि खुला रहने भएका छन्।

पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन डिपो खुला राख्ने निर्णय भएको निगमले जनाएको छ। ती डिपो स्थानीय आवश्यकताका आधारमा खुला हुनेछन्। निगमका डिपो खुला हुने कार्यतालिका प्रकाशित गरिएको हो।

इन्धनको आपूर्ति तथा उपलब्धतामा समस्या देखिए तत्काल सम्पर्क गर्न फोन नम्बरसमेत उपलब्ध गराइएको छ।

प्रकाशित मिति : १४ आश्विन २०७९, शुक्रबार ०७:५३