सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा म्याद गुज्रिएका मासु फेला

जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, भेटेरीनरी अस्पताल तथा विज्ञ केन्द्र, नेपालगन्ज उपमहानगरपालिका एवं उपभोक्ता हित संरक्षण मन्चका प्रतिनिधि तथा पत्रकारहरुसहितको टोलीले नेपालगन्जमा म्याद गुज्रिएको मासु फेला पारेका छन् । नेपालगन्जमा गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका सामान र मापदण्डपिवरीत मासु बेचिरहेको फेला परेको हो ।

अनुगमन टोलीले अनुगमन गर्ने क्रममा सबैभन्दा बढी म्याद गुज्रेका वस्तुहरु बेचिरहेको फेला परेको छ । मार्टहरुमै म्याद नाघेका र अनुमति नलिएका वस्तुहरु बेचिरहेको फेला परेको, म्याद नाघेका वस्तुहरु राख्न ‘एक्पायर जोन’को व्यवस्था नगरिएको पाइएको छ ।

नेपालगन्जस्थित राही मार्ट, वडा नम्बर २ धम्बोझी नजिकैको ब्राइट किराना पसल पसल, राँझास्थित सिद्धबाबा पोल्टी एण्ड फीड सप्लायर्सलगायत पसलमा म्याद गुज्रिएको सामान फेला परेको छ । सिद्धबाबामामा ८ दिनअघि किनिएको उक्त मासु नेपालगन्जमा नबिकेपछि पसल सन्चालिकाले हुम्ला पठाउन लागेको समेत भेटिएको छ ।

सोही स्थानमा रहेको न्यू भेरी मिट एण्ड दाना सप्लायर्सले पनि नवीकरण नगरेको पाइएपछि उक्त पसललाई पनि प्रक्रिया पूरा नगरुन्जेलसम्मका लागि बन्द गराइएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १९:०४