सूचनाको शक्ति - The Power Of Information

        

खजुरामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

खजुरा गाउँपालिकाले विजया दशमी, शुभ दिपावली, छठपर्व तथा मोहम्मद डे अवसरमा शुभकामना आदन प्रदान कार्यक्रम गरेको छ ।

बिहिबार खजुरा गाउँपालिकाको कार्यालयमा भएको कार्यक्रमलाई सम्बोध गर्दै गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले पुराना अधुरा काम कामलाई पुर्णता दिने कार्य तिव्र गतिमा अगाडी बढिरहेको बताए ।

उनले भने,‘हामीले पुराना अधुरा काम धमाधम सम्पन्न गर्ने प्रयास गरिरहेका छौं । नयाँ योजनाले गति लिइरहेका छन् ।
प्रशासनिक भवन रंग रोगन गर्न मात्र बाँकी छ । शित भण्डार लगायत अन्य पुर्वाधार सम्पुर्ण काम पुरा हुँदैछन् । केहि नयाँ आर्थिक योजना, भौतिक पुर्वाधार तर्फका नयाँ योजना पनि अगाढी बढिरहेका छन् ।’

अध्यक्ष विकले आफुहरु निर्वाचित भएर आएपछि खजुरा गाउँपालिकालाई नयाँ ढंगले विकासको बाटोमा लग्ने प्रयास गरिरहेको बताए । उनले थपे, ‘खजुरा नयाँ गतिका साथ जाने प्रयास गरिरहेको छ । भौतिक पुर्वाधारका क्षेत्रमा हामीले प्रगति गरिरहेका छौं । विकासको पक्षमा सम्पुर्ण खजुरा गाउँपालिकावासीलाई सहयोगका लागि अनुरोध गर्दछु ।’

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै गाउँपालिका उपाध्यक्ष मन्जु मल्लले चाडपर्वलाई संस्कृतिसँग जोडेर मनाउन गाउँपालिकावासीलाई अनुरोध गरिन् । उनले भनिन,‘चाडपर्वलाई तडक भडक भन्दा खुसी र उत्सवका साथ मनाउन म सम्पुर्णपालिका वासीलाई अनुरोध गर्दछु ।’

खजुरा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत नृपराज उपाध्यायले संचालन गरेको कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट ५ नम्बर वडा अध्यक्ष गरिबे शेख, नेपाली कांग्रेस तर्फबाट हस्त बहादुर शाही, डा. इन्द्रबहादुर भण्डारी, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रेम रेग्मी, विभिन्न राजनिति दलका प्रतिनिधिहरुले शुभकामना मन्त्व्य राखेका थिए ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १९:०२