सूचनाको शक्ति - The Power Of Information

        

कक्षा ११ को ग्रेडवृद्धि परीक्षाको नतिजा प्रकाशित

फाइल तस्वीर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को आंशिक/ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले बुधबार गत जेठ २९ गतेदेखि असार ६ गतेसम्म सञ्चालन गरेको परीक्षा नतिजा सार्वजनिक गरेको हो ।

बोर्डको विज्ञप्ति अनुसार उक्त परीक्षामा कुल ११ हजार ६३३ जना परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये ग्रेड वृद्धितर्फ १० हजार ३५३ र आंशिकतर्फ १ हजार २८० सहभागी थिए । आंशिकतर्फ ५९१ जनामात्रै उत्तिर्ण भएको बोर्डले जनाएको छ ।

लेटर ग्रेडिङतर्फ कक्षा ११ र १२ को सैद्धान्तिकतर्फ डी प्लस र प्रयोगात्मकतर्फ न्यूनतम सी ग्रेड प्राप्त गर्ने र अंकाङ्कनतर्फ सबै विषयमा उत्तीर्ण भएका परीक्षार्थीहरूले नतिजा प्रकाशन भएको मितिले १५ दिनपछि ट्रान्सक्रिप्ट,माइग्रेसन र प्रोभिजनल प्रमाणपत्रका लागि रसिद काट्न सक्ने बोर्डले जनाएको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १६:३४