सूचनाको शक्ति - The Power Of Information

        

नरैनापुरमा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

बाँकेको नरैनापुर गाउँपालिकाले बिहीबार दशै मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालकोले समाज रुपान्तरणका लागि कुराभन्दा काम गर्न अझै बाँकी रहेको बताए ।

उनले हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धिसँगै आर्थिक सशक्तिकरणका लागि कदम उठाउन अत्यन्त आवश्यक रहेको बताए । कार्यक्रम बोल्दै वडा नं.४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देवी दुर्गा माताले हरेक महिलाहरुलाई शक्तिका साथै हरेक नागरिकको उत्थानका लागि काम गर्ने प्रेरणाका साथै शक्ति प्रदान गरून् भन्दै दशैको शुभकामना दिए ।

वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व वडा दशैंले हरेक नागरिकलाइ खुसी, उमङ्गताका साथै आर्थिक भारकै कारणले दशैं कसैका लागि दशा नबनोस साथै आफ्नो गक्ष अनुसार पर्बलाइ हरेकले भित्र्याउन सफल हुन सकुन भन्दै दशैंको शुभकामना व्यक्त गरेका थिए ।

यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशैं पर्वमा दुर्गामाताले हरेक नागरिकलाई आदर्श मुल्यमान्यता सुशासन जस्ता कुराको पालना गर्ने सद्वुद्धि देउन भन्दै दशैंको शुभकामना दिएका थिए । कार्यक्रमका नरैनापुर पालिका अन्तरगत शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख प्रतिनिधिहरुको सहभागिता थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार १५:०२