सूचनाको शक्ति - The Power Of Information

        

निजी विमान कमाउन पूर्वतिर, कर्णालीमा सास्ती

नेपालीहरूको महान् चाड दशैंकै मुखमा कर्णाली प्रदेशका दुर्गम जिल्लाहरूमा हवाई सेवा नियमित नहुँदा नागरिकले सास्ती पाएका छन् ।

कर्णालीमा उडान भरिरहेका निजी विमानहरू मोटो रकम कमाउने दाउमा पूर्वतिर गएपछि कर्णालीका सर्वसाधारणले सास्ती पाएका हुन् ।

दशैं नजिकिँदै गर्दा घर आउन र जानका लागि टिकट समेत काटिसकेका सयौं यात्रु हवाई सेवा ठप्प भएपछि अलपत्र परेका छन् । गएको तीन दिनअघि जुम्ला गुठिचौर गाउँपालिका-३ का ईश्वर बूढाले नेपालगन्जदेखि जुम्लाको लागि तारा एयरको टिकट लिएका थिए ।

जहाजमा सहजै छिटै घर पुग्ने आशामा रहेका बूढा एक्कासी जहाजले जुम्मा उडान भर्ने सबै जहाज पर्यटक बोक्न पूर्वतिर गएपछि ईश्वर बूढालगायत सयौं यात्रु नेपालगन्ज विमानस्थलमा अलपत्र परेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:५६