सूचनाको शक्ति - The Power Of Information

        

चार मन्त्री र तीन सचिव विदेश सयरमा

संघीय सरकारका चार मन्त्री र तीन सचिव यतिबेला विदेश सयरमा छन्। साताव्यापी विदेश भ्रमणमा गएका शिक्षामन्त्री भने बुधबार साँझ स्वदेश फर्किएका छन् ।

विदेशी मुद्राको सञ्चिती घटिरहेका बेला सरकारले खर्चमा कटौतीको निर्णय गरेको छ तर मन्त्री र सचिवहरू भने विदेश भ्रमणमा गइरहेका छन्। अरूलाई पठाएर हुने कार्यक्रममा पनि मन्त्री र सचिवहहरू आफैं विदेश भ्रमणमा निस्किएका हुन् ।

वन तथा वातावरणमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठ, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्र श्रेष्ठ र संस्कृति, नागरिक तथा पयर्टनमन्त्री जीवनराम श्रेष्ठ विभिन्न कार्यक्रममा सहभागी हुन विदेश भ्रमणमा गएका हुन् ।

शिक्षामन्त्री देवेन्द्र पौडेल अस्ट्रियाको भियनामा आयोजित अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको कार्यक्रममा सहभागी भई बुधबार स्वदेश फर्किएका छन् ।

सोही कार्यक्रममा भाग लिन मन्त्री पौडेलसँगै गएकी विज्ञान सचिव प्रमिला बज्राचार्य पनि स्वदेश फर्किएकी छन् । शिक्षा तथा विज्ञान मन्त्रालयमा शिक्षा र विज्ञान हेर्नेगरी अलगअलग सचिवको व्यवस्था गरिएको छ ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:४५