सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानुमान : प्रदेश–१ देखि वाग्मतीसम्म वर्षा

जल तथा मौसम विज्ञान विभागले आज बिहान प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जनाएको छ । प्रदेश–१ लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरुमा आंशिक बदली रहने विभागको भनाइ छ । प्रदेश–१, मधेस प्रदेश र वाग्मती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति प्रदेश–१, वाग्मती प्रदेश र गण्डकी प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । प्रदेश–१ र वाग्मती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०७९, बिहीबार ०७:२९