सूचनाको शक्ति - The Power Of Information

        

पुष्प र साम्राज्ञी अभिनित ‘तिम्रो मेरो साथ’ रिलिज घोषणा

अभिनेता पुष्प खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाह अभिनित फिल्म “तिम्रो मेरो साथ” को रिलिज मिति तय गरीएको छ ।

निर्देशक तथा निर्माता रमेश एम् के पौडेलले आफ्नो जन्मदिनको अवसरमा फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । माघे संक्रान्तिलाई लक्षित गरेर फिल्म माघ २९ मा रिलिज गरीन लागिएको हो ।

लभस्टोरी कथामा आधारित फिल्ममा पौडेल स्वंयमको कथा, गीत र निर्माण रहेको छ । कार्यकारी निर्माता सबिर श्रेष्ठको पटकथा र सम्वाद रहेको फिल्मलाई आर्यन फिल्मस तथा बोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण गरीएको हो ।

शिव ढकालको छायांकन रहेको फिल्ममा योगेश काजीको संगीत सुन्न सकिन्छ । पुष्प र साम्राज्ञीको अलावा फिल्ममा सरोज खनाल ,सन्दिप क्षेत्री, खड्क बहादुर पुन(खबपु), इमिली लामा र बिशेष भूमिकामा ध्रुब दत्तले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १२ आश्विन २०७९, बुधबार ०८:४८