सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन आयोगको निर्णय, ‘भोलिदेखि निर्वाचन आचारसंहिता लागू’

निर्वाचन आयोगले भोलि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ । संघ र प्रदेशको आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि आचारसंहिता लागू गरिने भएको हो ।

मंगलबार बसेको आयोगको बैठकले आचारसंहिताबारे निर्णय गरेको आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए । प्रमुख आयुक्त थपलियाले आचारसंहिता पालनालाई राजनीतिक दलहरुले कडाइका साथ पालना गर्ने विश्वास लिएको बताएका छन् ।

‘निर्वाचन आयोगले भोलि असोज १२ गते बुधबारदेखि निर्वाचन अचारसंहिता, २०७९ लागू गर्ने निर्णय गरेको छ,’ थपलियाले भने, ‘आचारसंहिताको पालना र कार्यान्वयन गर्न सबैको सहयोगको अपेक्षा गरेको छु ।’

आयोगले दलहरुलाई २३ असोजमा उम्मेदवारको मनोनयन गर्ने कार्यसूची छ । २ र ३ असोजमा दलहरुले समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची बुझाइसकेका छन् । आयोगले बन्दसूचीमा पेश गरिएको नाम सच्याउन १६ असोजसम्मको समय दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७९, मंगलवार १६:२४