आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो ।
पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषणा पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् ।
उनीहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरू ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । एमालेले पनि टिकटसँगै घोषणापत्रको काम सकेर जनतामाझ जाने बताएको छ ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।