सूचनाको शक्ति - The Power Of Information

        

ई–पालिकाको पहिलो भर्सन सार्वजनिक

स्थानीय तहलाई डिजिटल बनाउनुपर्छ भन्ने अभियानमा लागेको ‘निन्जा इन्फोसिस प्राली’ले ‘ई–पालिका’को पहिलो भर्सन लञ्च गरेको छ ।

निन्जा इन्फोसिस प्रालीले लामो समयसम्म अध्यन र अनुसन्धान गरि ई–पालिकाको पहिलो भर्सन आईतबार लञ्च गरेको हो ।

ई–पालिकाको पहिलो भर्सन लञ्च गर्दै कम्पनीका अध्यक्ष रमेश क्षेत्रीले कम्पनीले ४ वर्षको अनुसन्धानपछी ई–पालिकाको पहिलो भर्सन लञ्च गरेको बताए । क्षेत्रीले पालिकाहरुलाई ‘पेपरलेस प्रविधि’मा जान पहिलो खुट्किलोको रुपमा ई–पालिका सतप्रतिशत सहयोगी हुने बताए ।

उक्त प्रणालीबाट सेवाग्राहीलाई घरमै बसी पालिकाले दिने सेवा, आवश्यक कागजात र लाग्ने समय सम्बन्धित व्यक्तिसहितको बिवरण उक्त प्रणालीबाट देख्न सकिने कम्पनीले दाबी गरेको छ ।

त्यस्तै ई–पालिका सफ्टवेयर भित्रै पर्ने ‘डिजिटल नागरिक वडापत्र’ पनि मोबाइलमा हेर्न सकिने कम्पनीले बताएको छ ।

निन्जा इन्फोसिस प्रालीले लञ्च गरेको ई–पालिकाले सेवाग्राहीलाई सहज र कार्यालयलाई दीर्घकालिन अभिलेख राख्न सरल हुने कम्पनीका प्रबन्ध निर्देशक सागर देवकोटाले बताए ।

कम्पनीका अनुसार अब पालिकामा सेवा लिँदा सेवाग्राहीले सहज महसुस गर्न सक्ने र घरमै मोबाईल एपमार्फत सबै आवश्यक कागजात, प्रक्रिया थाहा पाउन सकिने हुदाँ समयको बचत हुनुका साथै सम्बन्धित पालिकासँग सिधा गुनासो दिन र कर्मचारीसँग सेवासम्बन्धि जानकारी आदनप्रदान गर्न सकिने कम्पनीले जनाएकोछ ।

आईतबार मात्रै लञ्च गरेको ई–पालिकाको प्रहिलो भर्सनको बारेमा जानकारी दिदैँ कम्पनीका प्राविधिक शाखा प्रमुख शिशिर राईले ई–पालिकाको तेस्रो भर्सनमा जाँदा स्थानीय तह पूर्णतया पेपरलेस र डिजिटल हुने दावि गरे ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार १८:३८