सूचनाको शक्ति - The Power Of Information

        

प्रधानमन्त्रीको चासो मूल्यवृद्धि, अर्थमन्त्रीको ब्याजदर नियन्त्रण

प्रधानमन्त्री शेरबाहादुर देउवाले आइतबार उद्योगी व्यवसायीहरूलाई भेटेर दसैं र तिहारको समयमा मूल्यवृद्धिबारे चासो राखेका छन् भने अर्तमन्त्री जनार्दन शर्माले ब्याजदर नियन्त्रण गर्न अध्ययन गर्न समिति गठन गरेका छन् ।

प्रधानमन्त्री देउवाले निजी क्षेत्रका प्रतिनिधिहरूसँग भेटेर मूल्यवृद्धिबारे चासो राखेका छन् । चाडबाडको मुखमा मूल्यवृद्धि धेरै भएका कारण प्रधानमन्त्री उद्योग, वाणिज्य महासंघ, घरेलु तथा साना उद्योग महासंघ, चेम्बर अफ कमर्स र उद्योग परिसंघका प्रतिनिधिहरूसँग छलफल गरेको बालुवाटार सुत्रले बतायो ।

नेपाल राष्ट्र बैंकका अनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति साउनमा ८.२६ प्रतिशत पुगेको छ । दसैंलगायत चाडबाडमा मुल्यवृद्धि झन् माथि जाने राष्ट्र बैंकको अनुमान छ ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : १० आश्विन २०७९, सोमबार ०७:३६