उज्यालो मिशन मिडिया प्रालि नेपालगञ्जले दशैं तिहारको अवसरमा नेपालगञ्जमा डिजिटल सिंगिङ्ग आइडल सञ्चालन गर्ने भएको छ ।
पश्चिम नेपालका नयाँ प्रतिभाहरुलाई बिश्वभर सुनाउन, पश्चिम नेपाललाई संगीतमय बनाउन र क्षमतावान प्रतिभाहरुलाई अवसर दिन कार्यक्रमको आयोजना गर्न लागको उज्यालो मिशन मिडिया प्रालिका सञ्चालक बिपिन खड्काले जानकारी दिए ।
खड्काका अनुसार फरक शैली र सरलरुपमा पश्चिम नेपालका नयाँ आवाजहरु सहभागी गराई डिजिटल माध्ययमबाट प्रतिस्पर्धा गराउन लागिएको छ । प्रतियोगिता पूर्णरुपमा डिजिटल माध्ययमबाट हुने र बिजेता हुने आइडललाई एक लाख बराबरको गीत रेकर्डिंग तथा भिडियो निर्माण गरिदिने आयोजकले जनाएको छ ।
साथै आइडललाई आयोजकले आइडल ट्रफी, प्रमाणपत्र समेतको ब्यवस्था गरिएको छ । डिजिटल सिंगिङ्ग आइडलका लागि फारामसंगै अडिशन सुरु भइरहेको खड्काले बताए ।
जाजरकोट, दैलेख, बर्दिया, सुर्खेत दाङ्ग, कैलालीबाट प्रतियोगीहरु सहभागी भइरहेको बताइएको छ । टाढाबाट आउने प्रतिस्पर्धीहरुले फाराम भरैकै दिन अडिशन दिने व्यवस्था गरिएको छ ।
उज्यालो मिशन मिडियाको आफ्नै गीत रेकर्डिङ्ग स्टुडियोमा प्रतिस्पर्धीले आफ्नो आवाजमा गीत रेकर्डिङ्ग गर्ने र मिडियाकै टेलिभिजन सेटमा भिडियो सुटिङ्ग गरी अडिशन लिने ब्यवस्था गरिएको खड्काले बताए ।
प्रतिस्पर्धी सबैको अडियो भिडियो तयार गरेर प्रायोजकहरुको बिज्ञापन समाबेश गरी एउटै समयमा बिश्वभर प्रशारण गर्ने र दर्शक तथा स्रोताहरुलाई आइडल छान्ने अधिकारको ब्यवस्था गरिने आयोजकले जनाएको छ ।
आइडलको अन्तमा ग्राण्ड फिनालेमा कार्यक्रम भव्यरुपमा गरिनेछ । राष्ट्रियस्तरका चर्चिक गायक एवम् संगीतकर्मीहरुको उपस्थिति रहने फिनालेमा अनलाइन माध्यमबाट छनोटमा परेका टप १० प्रतिस्पर्धी सहभागी हुनेछन् ।
फारम भर्ने र अडिशन दिने अन्तिम मिति असोज १५ गतेसम्म रहेको छ भने ग्राण्ड फिनाले दशैं र तिहारको बीचमा हुने आयोजकले बताएको छ ।
सत्यपाटी । बाँके ।