२०७९ असोज ९ गते, आइतवार, २५ सेप्टेम्बर २०२२ । आश्विन कृष्णपक्ष औंसी तिथि । पूर्वफाल्गुनी नक्षत्र, प्रातः ६ः०२ बजेदेखि उत्तरफाल्गुनी । चन्द्रराशि– सिंह, १२ः२० बजेदेखि कन्या ।
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कामको मेसो नमिल्दा केही अलमल हुनेछ । तापनि मिहिनेत गर्दा अध्ययनमा प्रगति हुनेछ । गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ । दिउँसोदेखि बाध्यात्मक परिस्थितिले अलमल्याउनेछ । अरूका काममा अमूल्य समय खर्चनुपर्ला ।गोपनीयता बाहिरिनाले आँटेको काम रोकिन सक्छ । तापनि नयाँ कामतर्फ आकर्षित भइनेछ र समस्या समाधान हुनेछ ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । आफ्नो लाभांशमा अरूले रजाइँ गर्नेछन् । दिउँसोदेखि स्थितिमा केही सुधार आउनेछ । स्वास्थ्य कमजोर देखिए पनि काम प्रारम्भ हुनेछ । शुभचिन्तकहरूले साथ दिनेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । सेवामूलक कामबाट धनलाभ पनि हुनेछ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
विशेष काम बिहानको समयमै गर्नुहोला । प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ । विभिन्न भौतिक साधन जुटाउने अवसर मिल्नेछ । धन लाभ हुनाले सोख पूरा गर्न सकिनेछ । दिउँसोदेखि पारिवारिक उल्झनमा परिएला । आफन्त टाढिनेछन् भने अरूका लागि श्रम तथा बुद्धि खर्चनुपर्ला । अरूको मुख ताक्नाले पछि परिनेछ । भूमि र पशुधनबाट सामान्य लाभ मिल्नेछ ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
उपलब्धि हातपार्न धेरै मिहिनेत गर्नुपर्ला । तापनि आफ्नो प्रतिफलमाथि अरूले राज गर्नेछन् । पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ । दिउँसोदेखि स्थितिमा सुधार आउनाले केही काम बन्नेछन् । प्रतिस्पर्धामा उत्रिनुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । द्वेष तथा ईर्ष्या गर्नेहरूबाट सावधान रहनुहोला । बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
विभिन्न अवसरले पछ्याउनेछन् भने ज्ञान, कला र व्यक्तित्वमा निखारता आउनेछ । मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ । पारिवारिक जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ । दिउँसोदेखि परिस्थिति केही कमजोर बन्न सक्छ । विवादास्पद कामको जिम्मेवारी आउनेछ भने फजुल खर्च पनि बढ्ने सम्भावना छ । अरूको मुख ताक्नाले पछि परिनेछ ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
खर्च बढ्नुका साथै अर्थ अभावको संकेत प्राप्त हुनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिहिनेतीहरूका लागि भने दिन फलदायी रहनेछ । आजको श्रमबाट पछिलाई फाइदा हुनेछ । दिउँसोदेखि पारिवारिक भेटघाटले खुसियाली छाउनेछ । तर अरूको भरपर्दा काम बिग्रन सक्छ । आगन्तुकले अलमल्याउन सक्छन् । अरूको फाइदाका लागि उपयोग भइनेछ ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेत गर्दा दिगो फाइदा उठाउन सकिनेछ । कामको राम्रै मूल्यांकन हुनेछ । तर प्रतिफल हातपार्न समय लाग्नेछ । विभिन्न अवसर प्राप्त भए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ । लगानीतर्फ लागत बढ्नेछ । आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ । आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन् । ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला ।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
तारिफयोग्य कामले धेरैको उपकार गर्न सकिनेछ । अवसरले पछ्याउनेछन् र सामाजिक जिम्मेवारी प्राप्त हुनेछ । आफ्नो क्षेत्रको नेतृत्व हातलागी हुनेछ । मिहिनेतले दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । दिउँसोदेखि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन् । आफ्नो कर्मफल हातपार्न केही समय लाग्नेछ । अरूको मुख ताक्नाले पछि परिनेछ ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरका लागि केही संघर्ष गर्नुपर्ला । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य पनि प्रतिकूल रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । दिउँसोदेखि काम देखाएर प्रभाव जमाउन सकिनेछ । तापनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । भेटघाटले काम गर्ने अवसर दिलाउनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कमजोरीले चिन्ता बढाउनेछ भने परिस्थितिवश सानोतिनो कामले अलमल्याउन सक्छ । अरूका लागि बुद्धि खर्चनुपर्ला । आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन् । दिउँसोदेखि स्थितिमा सुधार आउनाले काममा उत्साह जाग्नेछ । तर स्वास्थ्य कमजोर रहनाले श्रम गर्न बाधा पर्नेछ । परोपकारी कामले अरूको उपकार गर्न सकिनेछ । सामाजिक जिम्मेवारी प्राप्त हुनेछ ।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रियजनसँग रमाइलो भेटघाट हुनेछ । रमाइलो यात्राका बीच अतिथिका रूपमा सत्कार पाइनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । व्यापार–व्यवसायमा आम्दानी बढ्नेछ । दिउँसोदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला । स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रतिस्पर्धा गर्नुपरे पनि स्रोतसाधन जुट्नाले दिगो काम बन्नेछ । तापनि रमाइलो क्षणमा मन ढुक्क भने नहुन सक्छ । वादविवादबाट सजग रहनुहोला । दिउँसोदेखि व्यापारको बहानामा रमाइलो यात्रा हुन सक्छ । आकर्षक उपहारले उत्साह जगाउनेछ । तर आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन् । बुद्धिको उपयोगले परिस्थिति सन्तुलित बनाउन सकिनेछ ।
सत्यपाटी । काठमाडौं ।