गिरिजा र माधव नेपालको योजनामा मदन भण्डारीको हत्या ! (भिडियोसहित)
सत्यपाटी । काठमाडौं ।
नेपाली कांग्रेसका पुराना नेता एवं गिरिजाप्रसाद कोइरालाका निकट सहयोगी उमेश गिरीले तत्कालीन एमाले महासचिव मदन भण्डारीको हत्या भएको दाबीसहित घटना विवरण सुनाएका छन् । ७० वर्षिय गिरीले हिमशिखर टेलिभिजनको अन्तर्वार्तामा मदन भण्डारीको हत्या योजना र घटना विवरण सार्वजनिक गरेका हुन् ।
कोइरालाका निकट सहयोगी गिरीले उक्त हत्यामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं तत्कालीन नेकपा एमाले नेता माधवकुमार नेपाल, समाजवादीकै नेता तत्कालीन एमाले नेता झलनाथ खनाल र अहिले नयाँ अभियानमा लागेका तत्कालीन एमाले नेता बामदेव गौतमले सहयोग गरेको जानकारी दिए ।
गिरीले माधव नेपाल लगायतले मदन भण्डारी हत्याको प्रमाण नष्ट गर्नका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा बाबुराम भट्टराइहरूले भण्डारीलइ खोलामा हाल्ने चालक अमर लामाको हत्या गरेको बताए । विराटनगरको कोइराला निवासमा मदनभण्डारीको हत्या योजना बनाइएको र त्यसमा गिरिजाप्रसादका भाउजु नोना कोइरालाको समेत संलग्नता रहेको उनले बताएका छन् ।
गिरीले हत्याको बारेमा आफूले जानकारी र क्लुहरू पाएर पनि आफ्नो पनि हत्या हुने डरले यसअघि यस विषय बाहिर ल्याउन नसकेको बताए । उनले आफ्नो जीवनको उत्तरार्द्धमा सत्य बताउन चाहेको भन्दै उक्त विषय र घटनाको फेहरिस्त नै प्रस्तुत गरेका छन । मदन भण्डारी बाँचिरहँदा नेपालमा कांग्रेस सिद्धिने भएले गिरिजाले हत्या गराएको उनको दाबी छ । गिरी कोइारालका अत्यन्तै निकटमा व्यक्ति मानिन्छन भने कोइराला परिवारकै नातेदार सदस्य हुन् ।
को हुन उमेश गिरी ?
सानैदेखिको लडाकू र उग्र प्रकारको स्वाभावका गिरी कांग्रेसभित्रका पनि विद्रोही स्वभावका नेता हुन् । गिरी २०२८ सालमै जेल परेका नेता हुन् । २०३० सालमा गिरीसहितको टोलीले हवाई अपहरणको योजना बनाएर अपहरणको काम समेत गरेको थियो । त्यसपछि कहिले भारत र कहिले नेपालको भूभागका लुकुछिपी हिडेँका उनी तत्कालीन राजा वीरेन्द्रले राजबन्दी र निर्वासित कार्यकर्तालाई आममाफी दिएपछि २०३७ वैशाख १ गते गिरिजाप्रसाद कोइरालासहित नेपाल फर्किएका थिए ।
गिरी काङ्ग्रेस नेतृ स्वर्गीय नोना कोइरालाका भाइ अम्बुप्रसाद उपाध्यायका छोरी–ज्वाइँ हुन्। विराटनगरका प्रसिद्ध उद्योगपति तुलसीराम अग्रवाललाई २०५८ सालमा अपहरण गराउने मुख्य योजनाकार पनि गिरी नै थिए । गिरीको हत्याको पटक पटक प्रयास भएको उनी निकटकाहरूले बताउँदै आएका छन । ज्ञानेन्द्रको शासनमा कोइरालाका निकट सहयोगी गिरीको हत्याको प्रयास भएको थियो ।
त्यतिखेरका पूर्वाञ्चलका डिआइजीले गिरीलाई जहाँ भेटे पनि गोली हान्नु भत्रे आदेश दिएको र काङ्ग्रेस पृष्ठभूमिका सई सञ्जीव सापकोटाले गिरीलाई पटक पटकको इन्काउन्टर प्रयासबाट बचाएको यसअघि नै सार्वजनिक भएको थियो । दासढुङ्गा दुर्घटनापछि २०५० मा काठमाडौं क्षेत्र नं.१ को उपनिर्वाचनमा आफ्नै पार्टी सभापति कृष्णप्रसाद भट्टराईलाई हराउन तत्कालीन प्रधानमन्त्री गिरिजाले उमेश गिरीलाई नै मुख्य जिम्मा दिएका थिए ।
उनले यो कुरा पटक पटकको अन्तरवार्तामा भन्दै आएका छन् । तिनै गिरीले अहिले ७० वर्षको उमेरमा मदनभण्डारीको हत्याको बारेमा केही रहस्यमी खुलास गरेका हुन् । गिरीले दिएको वयानका आधारमा हत्याको अनुसन्धान भए हत्याको सत्यतथ्य बाहिर आउनेमा कुनै शंका छैन ।
सत्यपाटी । काठमाडौं ।