सूचनाको शक्ति - The Power Of Information

        

भेरी अस्पतालका अध्यक्ष जसगढले सम्हाले कार्यभार

भेरी अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष  सकिल अहमद जसगढले कार्यभार सम्हालेका छन् ।

अस्पतालले आयाेजना गरेको स्वागत तथा पदभार ग्रहण कार्यक्रमलाई सम्वाेधन गर्दै अध्यक्ष जसगढले आफू केही लिन भन्दा पनि अस्पताल विकास समितिकाे अध्यक्ष पदमा रहेर गरिव, दु:खी विरामीलाई सरल र सुलभरुपमा गुणस्तरीय सेवा  कसरी दिन सकिन्छ भनेर  लाग्ने बताए ।

उनले आफ्नो  एक मात्रै उद्देश्य भेरी अस्पताललाई लुम्बिनी, कर्णाली र सुदूरपश्चिमकाे नमुना अस्पतालकाे रुपमा  विकास गर्ने  रहेको  बताए । आफू यस क्षेत्रमा नयाँ रहेकाले सबैकाे राय, सल्लाह, सुझाव लिएर नै अगाडि वढ्ने जसगढले बताए ।

त्यस अवसरमा उनले आफ्नो बावुकाे सम्झनामा अस्पताल परिसरमा संचालनमा रहेको सुलभरुपमा विरामी र तिनका कुरुवाहरुलाई खाना खुवाउने अन्जली माता रसोईको एक दिनकाे सम्पूर्ण खर्च रु. २५००१ दिएका थिए ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. बद्री चापागाईले अस्पतालकाे बारेमा बताउँदै अस्पतालकाे अवलोकन समेत गराएका थिए । त्यस अवसरमा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अशाेक काेइरालाले अस्पताललाई आवश्यक पर्ने उपकरण, जनशक्ति उपलब्ध गराउन स्थानीय तहदेखि केन्द्रसम्म पहल गर्ने बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १९:०६