सूचनाको शक्ति - The Power Of Information

        

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

जवरजस्ती करणी उद्योग मुद्दामा फरार एक जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ । बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ को ३६ वर्षीय गम बहादुर खत्रीलाई शुक्रवार पक्राउ गरिएको हो ।

२०७५ साल जेठ २३ गते बाँके जिल्ला अदालतले खत्रीलाई जवरजस्ती करणी उद्योग मुद्दामा २ वर्ष ५ महिना ५ दिन कैद सजाय तोकेको थियो । त्यसपश्चात उनी हालसम्म फरार रहेका थिए ।

उनलाई शुक्रवारनै बाँके जिल्ला अदालतमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:५६