सूचनाको शक्ति - The Power Of Information

        

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने

 युवाहरुमा निहित आन्तरिक क्षमताको विकास गर्दै आत्मविश्वासी बनाउने उद्देश्यसहित पिके इभेन्ट्स प्रलिको आयोजनामा शनिवार फेस अफ नेपालगञ्जको तेस्रो संस्करणको अडिशन हुने भएको छ । आयोजकले इभेन्ट्सको तयारी पुरा भइसकेको पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

अडिशनमा बाँके, वर्दिया लगायत विभिन्न शहरका ४२ जना प्रतिस्पर्धीले भाग लिने अध्यक्ष प्रकाश कुवरले जानकारी दिए । फेस अफ नेपालगञ्जको प्रतिस्पर्धामा प्लस टु र व्याचलर तहमा अध्यन गर्ने विद्यार्थीले भाग लिनेछन् ।

नेपालगञ्जको म्याजेष्टिक पार्टी प्यालेसमा हुने फेस अफ नेपालगञ्ज तेस्रो संकरणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको बिजेता सेन्जल पौडेलले गर्ने बताइएको छ । कोभिड १९ पछि हुन लागेको कार्यक्रममा निकै उत्साहजनक सहभागिता देखिएको छ ।

फेस अफ नेपालगञ्जको तेस्रो संस्करणलाई रिलायन्स लाइफ इन्श्योरेन्सले मुख्य प्रायोजन गरेको छ भने सेन्ट थोमस हाइस्कुल, श्री राधेश्याम ज्वेलर्स, कोहलपुर डेन्टल हस्पिटल लगायतले प्रायोजन गरेका छन् ।

फेस अफ नेपालगञ्जको विजेताले १६ हजार रुपैयाँ पुरस्कार र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्वेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछन् । यसैगरी अन्य विभिन्न विधाका विजेताले आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजक टिमले जनाएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:४७