सूचनाको शक्ति - The Power Of Information

        

नेविसंघ बाँकेद्वारा शुभकामना आदानप्रदान

 नेपाल विद्यार्थी संघ (नेविसंघ) बाँकेले शुक्रवार शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । दशैं, तिहार र छठ पर्वको अवसरमा नेविसंघले शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो ।

महेन्द्र बहुमुखी क्याम्पसमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम नेविसंघका कार्यबाहक अध्यक्ष चक्र रावतको सभापतित्व एवम् लुम्बिनी प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा एक आपसमा शुभकामना साटासाट गरिएको अध्यक्ष रावतले बताए ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १८:४१