सूचनाको शक्ति - The Power Of Information

        

हैट ! दुलाहा हुँदा यस्तो देखिए बुद्धि

‘हैट’ थेगोबाट चर्चामा आएका चर्चित हाँस्य अभिनेता बुद्धि तामाङ वैवाहिक बन्धनमा बाँधिएका छन् ।

‘हैट’ थेगोबाट चर्चामा आएका बुद्धिले शुक्रबार मकवानपुरकी अनु थिङसँग लगनगाँठो कसेका हुन् । बुद्धि र अनुले आफूहरुको लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । तर, उनीहरुको प्रेम सम्बन्धले भने चर्चा पाएको थिएन ।

सेक्रेट प्रेममा रहेका बुद्धि र अनुले शुक्रबार आफ्ना, आफन्त र नजिकका सिमित व्यक्तिलाई विवाह समारोहमा निम्तो दिएका छन् । टेलिफल्म, फिल्म र म्युजिक भिडियोमा समेत बुद्धि निकै व्यस्त छन् । बुद्धि र अनुको विवाहमा केही चर्चित कलाकारहरुलाई समेत निम्तो दिइएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार १३:४४